
गुरु पूर्णिमाको अवसरमा ७ जना निवृत्त शिक्षक सम्मानित
गुरु पूर्णिमाको अवसरमा ७ जना निवृत्त शिक्षक सम्मानित भएका छन् । नेपाल निवृत्त समाज गोरखाको आयोजनामा निवृत्त शिक्षकहरुलाई सम्मानं गरिएको हो । समाजको स्थापना दिवसको अवसरमा ८० वर्ष पार भएका निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको समाजका अन्नत न्यौपानेले बताए ।
सम्मानित हुनेमा रघुनाथ लामिछाने, भूपेन्द्र बहादुर रोकाहा, इश्वरी सापकोटा, श्यामकृष्ण ढकाल, जनमेजय खनाल, दुर्गाभक्त ढकाल, विश्वनाथ विष्ट रहेका छन् । बिहिबार एक कार्यक्रमका बीच सम्मानित भएका निवृत्त शिक्षकहरुलाई दोसल्ला ओढाएर सम्मान पत्र वितरण गरिएको थियो ।
समाजका अध्यक्ष रामबाबु श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, समाजका केन्द्रिय सदस्य अंगराज घिमिरे, जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख रमेश मैनाली, समाजका उपाध्यक्ष कपिल बाबु अर्याल, शुकदेव दवाडी, बमबहादुर थापा, विष्णु रेग्मी, कवि नारायणप्रसाद पोखरेल एंव सम्मानित शिक्षकको तर्फबाट रघुनाथ लामिछाने, भूपेन्द्र बहादुर रोकाहाले मन्तव्य राखेका थिए ।




