| मङ्लबार, कार्तिक २४, २०८३

मनास्लु पदमार्गमा लडेर एकजनाको मृत्यू

जिल्लाको मनास्लु पदमार्गमा लडेर एकजना पुरुषको मृत्यु भएको छ । चुमनुब्री गाउँपालिका ३ फिलिमका ३५ वर्षका थरपुन गुरुङको लार्केस्थित मनास्लु पदमार्गको गोरेटो बाटोबाट लडेर मृत्यु भएको हो ।

उनी चुमनुब्री–४ नाम्रुङस्थित लाक्पा डुन्डुप लामाको ‘इन गोरखा प्रोडक्ट’ नामक स्याउ फर्ममा काम गर्थे । स्याउ फर्मबाट गत मंगलबार घर जान्छु भनी हिँडेका उनी बुधबार लार्केस्थित मनास्लु पदमार्गमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गुरुङ गोरेटो बाटोबाट करिब ३०० मिटर तल मृत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्