| मङ्लबार, कार्तिक २४, २०८३

भोटेकोसी बाढीमा पालुङटारका दुईजना बेपत्ता

भोटेकोसी बाढीमा परेर पालुङटारका दुईजना बेपत्ता भएका छन् । मंगलबार राती आएको बाढीमा परेर पालुङ्टार नगरपालिका वडा नं ६ का डीलबहादुर तामाङ र धनबहादुर तामाङ बेपत्ता भएको प्रहरीले जनाएको छ । उक्त बाढीमा परि हालसम्म बेपत्ता हुनेको संख्या २० पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुकामा अनुसार हराइरहेका मध्ये ३ जना प्रहरी, ६ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन् । यस्तै, ७ जनाको शव फेला परेको प्रहरीको भनाई छ । उद्धार कार्य जारी रहेको र अहिलेसम्म ५५ जनाको सकुशल उद्धार गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्