
चुमनुब्री १ र ३ का आमा समुहलाई भान्सा सामग्री वितरण
चुमनुब्री गाउँपालिका वडा नं. १ सामागाउँस्थित ‘सामा आमा समूह’ र वडा नं. ६ चुम्चेतस्थित ‘सिप्चेत आमा समूह’लाई भान्सा सामग्री वितरण गरिएको छ । मनास्लु संरक्षण क्षेत्र आयोजनाको सहयोगमा भान्सा सामाग्री वितरण गरिएको हो ।
समुदाय सरसफाइ तथा संरक्षणमा आमा समूहहरूको सक्रियता र सहभागितालाई प्रोत्साहन गर्न सामग्री वितरण गरिएको आयोजनाले जनाएको छ । साथै सामुदायिक कार्यक्रमहरूमा यिनै भान्सा सामग्री प्रयोग गरी समूहको कोष वृद्धिमा टेवा पु¥याउने उद्देश्य मनास्लु संरक्षण क्षेत्र आयोजना प्रमुख सन्तोष शेरचनले बताए ।




