| मङ्लबार, कार्तिक २४, २०८३

मुख्यमन्त्री पाण्डेले भने : राइड सेयरिङ लागू गरेरै छाड्छु

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेशमा राइड सेयरिङ लागु गरिछाड्ने बताएका छन् । जारी कांग्रेस केन्द्रीय समितिको बैठकमा पाण्डेले सो दृढता व्यक्त गरेका हुन् । राइड सेयरिङ लागु गर्न आफू नेतृत्वको मन्त्रिपरिषद् बैठक र प्रदेशसभाको बैठकले निर्णय गरिसकेकाले सो कार्यान्वयन गर्ने बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री पाण्डेले बिहीबार कांग्रेस केन्द्रीय समिति बैठकमा भने– ‘राइड सेयरिङ लागू गर्ने प्रदेश सरकारको निर्णयमा म दृढ छु । लागू गरेरै छोड्छु । मेरो निर्णय कार्यान्वयन गर्न सर्वोच्च अदालतले झन् सजिलो बनाइदिएको छ ।’

मुख्यमन्त्री पाण्डेले राइड सेयरिङ लागू भएमा तीन सयमा जान सकिने स्थानमा लागू नहुँदा ट्याक्सीले १५ सयसम्म लिने गरेको बताए । जनता ठग्नका लागि हुने आन्दोलनबाट आफू पछि नहट्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्