| मङ्लबार, कार्तिक २४, २०८३

सामुदायिक सुरक्षा जालो कार्यक्रमको सामाजिक लेखा परिक्षण सम्पन्न

एकिकरण नेपालद्धारा संचालित सामुदायिक सुरक्षा जालो कार्यक्रमको सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरि लेखा परिक्षण सम्पन्न गरिएको हो ।

सामुदायिक सुरक्षा जालो कार्यक्रमले लक्ष्यभन्दा धेरै योजना सम्पन्न गरेको एकिकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले बताए । गोरखा नगरपालिका र बारपाक सुलिकोट गाउँपालिकालाई कार्य क्षेत्र बनाएर ३० महिना कार्यक्रम लागू भएको थियो । आवश्यकता हेरेर जिल्लाको अन्य पालिकामा पनि कार्यक्रम लागू गरिने बताइएको छ । शिक्षा, स्वास्थ्य र समाजिक क्षेत्रलाई समेटेर संचालन भएको उक्त कार्यक्रमको बजेट ५१ लाख आठ हजार रहेको थियो ।

एकीकरण नेपालका उपाध्यक्ष सिताराम तिवारीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मोहन थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिसस उपप्रमुख लिला परियार, गोरखा नगरपालिकाका मेयर कृष्ण राना मगर, उपमेयर मसली माया थोकर लागायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्