
सिम्जुङका विपन्न दलित परिवारलाई बाख्रा बितरण
अजिरकोट गाउँपालिका–४ सिम्जुङका विपन्न दलित परिवारलाई बाख्रा बितरण गरिएको छ । नमुना दलित बस्ति बिकास कार्यक्रम अन्तरगत जिविकोपार्जन सुधारको लागि बाख्रा बितरण गरिएको हो । कुल ४० परिवारलाई बाख्रा वितरण गरिएको वडा अध्यक्ष जंगबहादुर गुरुङले बताए ।
उनका अनुसार पालिकाले नमुना दलित बस्ति निमार्ण कार्यक्रम अन्तरगत प्रत्येक वर्ष छुटाछुट्टै वडालाई बजेट विनियोजन गर्दै आएको छ । यो बर्ष वडा नम्वर ४ सिम्जुङलाई कार्यक्रमको परेको वडाध्यक्ष गुरुङले जानकारी दिए । नमुना दलित बस्ति बिकास कार्यक्रम अन्तरगत शिक्षा स्वास्थ्य क्षेत्रको कार्यक्रम समेत सम्पन्न गरिसकेको उनले बताए ।
पछिल्लो तीन वर्षदेखि आर्यआर्जनमा थप टेवा पु¥याउने उदेश्यले दलित परिवारहरुका लागि बाख्रा बितरण कार्यक्रमलाई वडाले निरन्तरता दिदैँ आएको उनको भनाइ छ । यो कार्यक्रमलाई आगामी वर्षमा पनि निरन्तरता दिने वडाले जनाएको छ । कार्यक्रमले स्थानीयको जिविकोपार्जनमा समेत सघाउ पुग्दै आएको बताइएको छ ।




