| मङ्लबार, कार्तिक २४, २०८३

बालयौन दुरुपयोगको आरोपमा शिक्षक पक्राउ

बालयौन दुरुपयोगको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारा जिल्लाको महागढीमाई नगरपालिका–१ घर भई हाल गोरखाको एक आधारभूत बिद्यालयमा अध्यापन गराउने ३४ बर्षीय बिजयकुमार गिरी रहेको प्रहरीले जनाएको छ ।

बिगत एक बर्षदेखि सोही बिद्यालयमा अध्ययनरत एक बालिकालाई यौनको आशयले संवेदनशिल अंग समात्ने, अस्वभाविक यौनजन्य क्रियाकलाप गर्ने, बिद्यालय जाने बाटो ढुकी यौनजन्य कार्य गर्ने, बिवाह गर्न दवाव दिने र डर धम्की दिएर यौन दुरुपयोग गरेको भन्दै पीडित पक्षले जाहेरी दिएपछि गिरीलाई पक्राउ गरिएको डिएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।

पक्राउ परेका शिक्षक गिरी बिरुद्ध बालयौन दुरुपयोग कसूर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्