
माइक्रोबस दुर्घटनाका ३ घाइते चितवन रिफर, छ डिस्चार्ज
गोरखा–आँबुखैरेनी सडकखण्डको १५ किलो भन्ने ठाउँमा माइक्रोबस दुर्घटनामा घाइते भएका नौजनामध्य तीनजनालाई चितवन रिफर गरिएको छ । छ जना डिस्चार्ज भएका छन् ।
पूर्वीनवलपरासीबाट गोरखा भ्रमण सकेर फर्कने क्रममा भएको माइक्रोत्रस दुर्घटनामा परी घाइते भएका ४५ वर्षकी सरस्वती अधिकारी, ५८ वर्षकी सुकमाया बराम र ५७ वर्षकी जितकुमारी ढुङ्गानालाई चितवन मेडिकल कलेज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बाँकी ६ जना प्रदेश अस्पताल गोरखामा उपचारपछि डिस्चार्ज भएका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
शनिबार दिउसो १२ः३० बजे ध १ ख ४६२ नंबरको माइक्रोबस पल्टँदा त्यसमा सवार १६ जना यात्रुमध्य नौ जना घाइते भएका थिए ।
घाइतेहरु सबै पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं २ का हुन् । प्रहरीका अनुसार सो ठाउँ निवासी ३७ बर्षकी तारामाया गाहा, ४५ वर्षकी सरस्वती अधिकारी, ५७ वर्षकी जितकुमारी ढुङ्गाना, ४८ वर्षीया थमकुमारी महत र ४७ वर्षकी धनकुमारी पोख्रेल घाइते भएका छन् । त्यस्तै सोही ठाउँ बस्ने ५५ वर्षका राजन रेग्मी, ५८ वर्षकी सुकमाया बराम, ४० वर्षकी सन्तमाया सुनार र ४५ वर्षकी रिता थापा क्षेत्री घाइते भएका डिएसपी सुवेदीले बताए ।
ढुंगाना, बराम र अधिकारीबाहेक सबै उपचारपछि घर फर्केका छन् ।




