
एक महिनामा हराएका पाँच वटा मोबाइल फेला, सम्बन्धित धनीलाई हस्तान्तरण
गत जेठ महिनामा मात्र प्रहरीले पाँच थान मोबाइल फेला पारेर मोबाइलधनीलाई हस्तान्तरण गरेको छ । बिगत एकबर्षदेखि हराइराखेका पाँच मोबाइल एकै महिनामा फेला पारेर मोबाइलधनीलाई बुझाएको डिएसपी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
उनका अनुसार गोरखा नगरपालिका ६ बस्ने सोनिका घलेले गत २०८१ चैत १४ गते हराएको आईफोन गत जेठ ११ गते फेला पारी १२ गते मोबाइल धनीलाई बुझाइएको छ । त्यस्तै सहिद लखन ९ की प्रतिक्षा माझीले २०८१ चैत २० गते हराएको सामसुङ ए सेभेन्टी मोबाइल गत जेठ १४ गते फेला पारी १५ गते सम्बन्धित मोबाइलधनीलाई बुझाइएको छ ।
त्यस्तै गोरखा नगरपालिका १२ का शम्सेरबहादुर गुरुङले गत जेठ १ गते हराएको सामसुङ मोबाइल सोही दिन फेला पारी सोही दिनमै हस्तान्तरण गरिएको छ । गोरखा नगरपालिका ९ का रामशरण भट्टले गत जेठ ११ गते हराएको मोबाइल सोही दिन फेला पारी प्रहरीले सोही दिनमा हस्तान्तरण गरेको जनाएको छ ।
आरुघाट गाउँपालिकाका आइतबहादुर गुरुङले २०८१ कात्तिक २१ गते हराएको पोको एक्स फाइभ प्रो मोबाइल पनि गत जेठ १ गते फेला पारी हस्तान्तरण गरेको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिए ।




