| आइतवार, कार्तिक २२, २०८३

अति गरिबलाई अबदेखि स्वास्थ्य बिमा पनि निशुल्क

अनुपमा खनाल
अति गरिवको सुचीमा रहेका गोरखाका नागरिकले निशुल्क स्वास्थ्य बिमाको सेवा लिन थालेका छन् ।
अति गरीवको सूचीमा परेकामध्ये हालसम्म सात सय ७८ घर परिवारको निशुल्क स्वास्थ्य बिमा गरिएको हो ।
स्वास्थ्य बिमा सम्बन्धी बोर्डले गरीविको रेखामुनि रहेकामध्ये अति गरीवलाई निशुल्क स्वास्थ्य बीमा गर्ने ब्यबस्था गरेसँगै गत कात्तिकदेखि अति गरिब घरपरिवारलाई स्वास्थ्य विमाको पहुँचमा ल्याइएको हो । स्वास्थ्य बीमाका लागि सर्ब साधारण पाँच जना सम्म सदस्य रहेको परिवारले बार्षिक दुईहजार पाँचसय रुपैया शुल्क तिर्नुपर्छ । अति गरीव परिवारलाई दर्ता सहयोगीहरुले प्रिमियम शुल्क बिना नै बिमा गराएका स्वास्थ्य बीमा कार्यक्रमका दर्ता अधिकारी बिशाल लौडारीले जानकारी दिए । ‘ गरिब घरपरिवार पहिचान सर्वेक्षण २०७० अनुसार जिल्लामा अति गरीवलाई निशुल्क बिमा गरेका हौं’ उनले भने ‘कात्तिक, मंसिर र पुषमा ४२ घरपरिवारले, फागुन, चैत बैशाखमा तीन सय ८ घरपरिवारले र बैशाख जेठ असारमा चार सय २८ घरपरिवारले निशुल्क बिमा गराउनुभएको छ ।’
गरिब घरपरिवार पहिचान सर्वेक्षण २०७० अनुसार जिल्लामा पाच हजार आठ सय ३३ घरपरिवार अति गरिब छन् ।
तर अति गरिबको सुचीमा नाम भएर पनि सामाजिक जिवन र आर्थिक अबस्था राम्रो भएका घरपरिवारलाई भने यो सुबिधा नदिएको दर्ता अधिकारी लौडारीले जानकारी दिए । ‘सामाजिक अबस्था राम्रो भएका पनि निशुल्क सेवा खोज्दै आएका थिए’ उनले भने ‘हामीले सम्बन्धीत वडाका जनप्रतिनिधीको रोहबरमा छलफल गरि बार्षिक २५ सय तिर्न सक्ने त्यस्ता ब्यक्तिलाई निशुल्क सेवा दिएनौ । ’ गत वर्षको असार १५ गतेबाट जिल्लामा शुरु भएको स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत हालसम्म २५ हजार छ सय ११ घरपरिवारले स्वास्थ्य वीमा गराइ सकेका छन् । तीमध्ये १७ हजार आठ सय ३३ घरपरिवारले बिमा सुविधा लिएर सेवा लिईसकेका छन् । बिमा गराएकाहरुले जौवारी, मकैसिङ र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र तथा आपँपिपल र गोरखा अस्पतालमा उपचार गराउँदा ५० हजारसम्मको उपचार निशुल्क रुपमा लिन सक्नेछन् । बिमा सुविधा लिएर उपचार गराउनेमध्ये गोरखा अस्पताल, आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र र आँपपिपल अस्पतालमा
विरामीको संख्या धेरै छ ।
जिल्लाको सबै वडामा एकसय दुई जना दर्ता सहयोगी मार्फत स्वास्थ्य विमा गराउने काम भैरहेको छ ।
सरकारले ५ जनाको एक परिवारसँग वर्षमा २ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउँछ । परिवारमा ५ भन्दा बढी सदस्य भएमा एक जनाको थप चारसय २५ रुपैयाँ तिरेर बिमा गर्नुपर्नेछ ।
स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत तोकिएको सरकारी अस्पतालबाट अन्तरंग, शल्यक्रिया, बहिरंग, प्रयोगशाला र औषधी खर्च पाइन्छ । तर कस्मेटिक सर्जरी, घरेलु झैझगडाबाट लागेको चोटपटक, मादक पदार्थ तथा लागूपदार्थ सेवन गरी दुर्घटनामा परेमा स्वास्थ्य बिमा अन्तर्गत उपचार हुने छैन ।

प्रतिक्रिया दिनुहोस्