
राष्ट्रिय जेष्ठ नागरिक महासंघको केन्द्रिय महासचिवमा मोहनलाल श्रेष्ठ
राष्ट्रिय जेष्ठ नागरिक महासंघको केन्द्रीय महासचिवमा गोरखाको मोहनलाल श्रेष्ठ चयन भएका छन् । हालै काठमाडौँमा सम्पन्न अधिवेशनले श्रेष्ठलाई महासचिवमा सर्वसम्मत चयन गरेको हो ।
श्रेष्ठ जेष्ठ नागरिक जिल्ला संघ गोरखाका बिगत लामो समयदेखि अध्यक्ष पदमा रहेर क्रियाशील छन् ।
सो अधिवेशनबाट महासंघको केन्द्रिय अध्यक्षमा काठमाडौँका सूर्यप्रसाद श्रेष्ठ चयन भएका छन् । हाल महासंघमा चार पदाधिकारी र सात सदस्य मनोनित भएका छन् ।




