| मङ्लबार, कार्तिक २४, २०८३

गोरखामा विकास योजना काटिएको भन्दै संसद्को दर्शकदीर्घामा बसे सांसद बजगाईं

गोरखामा विकास योजना काटिएको विरोधमा गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाईंले विरोध गरेका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसद बजगाईं आफ्नो सिटमा नभई सदनको दर्शकदीर्घामा बसेका हुन् ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गोरखाका विकास आयोजना कटौती गरेको उनले बताए । ‘भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले न त प्रजातान्त्रिक मूल्यको मर्म बुझेका छन्, न त देशको भूगोलप्रति आवश्यक समझदारी राख्छन् ।

त्यसैले उहाँ गोरखा मात्र होइन, देशभरिका लागि बजेटको न्यायसंगत वितरण गर्न अयोग्य देखिन्छन्’, बजगाईंले भनेका छन, ‘गोरखाली जनताको तर्फबाट म उहाँको निर्णयको घोर भत्र्सना गर्दछु । पछिल्ला दुई आर्थिक वर्षमा हामीले गोरखाका लागि सुनिश्चित गरेको करिब चार दर्जन बजेट शीर्षकहरू उहाँले काटिदिनु भएको छ, जुन सरासर अन्यायपूर्ण र दुर्भाग्यपूर्ण छ ।’ मन्त्री दाहाल स्रोत साधनको समान वितरण गर्नबाट चुकेको बजगाईंले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्