| मङ्लबार, कार्तिक २४, २०८३

सुनचाँदी व्यवसायमा थपिएको करप्रति व्यवसायीहरुको आपत्ति

सुनचाँदीको गरगहनाको कारोबारमा थपिएको करलाई अनाबश्यक भन्दै गोरखा सुनचाँदी व्यवसायी संघले आपत्ति जनाएको छ । हालैको बजेट बक्तव्यमा सुनचाँदी व्यवसायमा थपिएको अतिरिक्त करलाई अनावश्यक भन्दै संघले पुनारावलोकन गर्न आग्रह गरेको छ ।

संघले गोरखाका प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायमा ध्यानकर्षण पत्र बुझाउँदै सो करको बोझ घटाउन आग्रह गरेको हो । ‘अघिल्लो बर्ष व्यवसायीहरुको विरोधका बाबजुध १० लाखभन्दा माथिका गरगहनामा मात्र लागु हुदै आएको विलासिता कर यसबर्षदेखि सीमा नतोकी सम्पूर्ण गहनामा लागु गरिएको दुई प्रतिशत बिलासिता कर र हिरा तथा बहुमुल्य पत्थर जडित गहनामा लागु गरिएको १३ प्रतिशत मूल्यअभिवृद्धि करप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, सो विज्ञप्तिमा भनिएको छ, ‘सुनचाँदीको गरगहना जन्मदेखि मृत्यूपर्यन्त नभै नहुने सुनचाँदीका बस्तु बिलासिताका बस्तु नभै दैनन्दिन व्यवहारमा अपरिहार्य बस्तु हो ।

त्यसैले यसमा कर माथि कर थोपरिँदा सुनचाँदी व्यवसायी मात्र धरासायी नभई देशमा आर्थिक मन्दी हुने छ र देशभरका लाखौं सुनचाँदी व्यवसायी, कालिगढ, मजदुरहरुको पेशा, व्यवसाय संकटमा पर्नेछ ।’ यी विभिन्न कारणले सुनचाँदी तथा हिराजडित गहनामा लगाइएको विभिन्न शीर्षकको करको व्यवस्था खारेज गर्न माग गरिएको छ ।


साथै सुनचाँदीको व्यवसायीलाई व्यवसाय दीर्घकालीन रुपमा प्रोत्साहित गर्ने खालको ऐन, नीति, नियम लागु गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्