| मङ्लबार, कार्तिक २४, २०८३

बूढीगण्डकी पिडितहरुको समस्याका विषयमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गोरखा अन्तरगत आरुघाट गाउँपालिका समितिले बुढीगण्डकी पिडितहरुको समस्याहरु समेटेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

सो ज्ञापन पत्रमा बूढीगण्डकी जलविद्युत आयोजना क्षेत्रका पिडित गरिब किसान, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको उचित व्यवस्थापनको माग गरिएको सो पार्टीका गोरखा जिल्ला इञ्चार्ज कपिल सीले जानकारी दिए । सो ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पौडेलले आफुले यस समस्या समाधानका लागि माथिल्लो निकायहरुसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

ज्ञापनपत्र बुझाउने क्रममा नेकपा जिल्ला इन्चार्ज कपिल सी, जिल्ला सेक्रेटरी काजी सी लगायत नेताहरुको उपस्थिति रहेको थियो । बूढीगण्डकी परियोजनाबाट पीडितहरुको नेतृत्व नेकपा आरुघाट गाउँपालिका सेक्रेटरी ताराबहादुर सी ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्