
निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः भण्डारी निर्वाचित
निर्माण व्यवसायी संघ गोरखाको अध्यक्षमा फेरि पनि सूर्य भण्डारी निर्वाचित भएका छन् । बिहिबार राती अबेर सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार यसअघिको कार्यकालमा पनि अध्यक्ष रहेका भण्डारीले ११५ मत प्राप्त गरी पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनका निकटत्तम प्रतिद्वन्द्वी राजु लामिछानेले १०२ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसको एउटा र माओवादी केन्द्र, एमाले र राप्रपाको अर्को गरी दुई प्यानल बनेर चुनाल लडेका थिए । भण्डारी माओवादी, एमाले र राप्रपा प्यानलका साझा उम्मेद्वार थिए ।
कूल २५४ मतदातामध्य २३३ मत खसेको थियो ।
संघको २६ औं साधारण सभा तथा ११ औं अधिवेशन बुधबार सुरु भएको थियो ।




