
पालुङ्टारमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शुक्रवारदेखि गोरखाको पालुङटारमा कारोवार सुरु गरेको छ । बैंकले आफ्नो ३०६ औं शाखाको रुपमा गोरखाको पालुङटारमा शाखा विस्तार गरेको हो ।
यस शाखाको सञ्चालन भएपछि पालुङटार लगायत आसपासका क्षेत्रका बासिन्दाहरु वैकिङ सेवा लिन अव सदरमुकाम धाइरहन नपर्ने भएको छ ।बैंकले रकम जम्मा, पेन्सन, सुन धितो कर्जा, व्यवसायिक तथा व्यक्तिगत कर्जा, क्युआर कोड मार्फत भुक्तानी सेवा, मोवाइल तथा इन्टरनेट बैंकिङ लगायतका सेवाहरु प्रदान गरिने शाखाका सुचना अधिकारीले जानकारी दिए ।




