| मङ्लबार, कार्तिक २४, २०८३

जिसस सदस्य देवकोटा दम्पतीबाट महिला कुटिएकोप्रति क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निन्दा

जिल्ला समन्वय समिति गोरखाकी सदस्य इन्दिरा देवकोटा र उनका श्रीमान निवृत्त शिक्षक रामचन्द्र देवकोटाद्वारा एक निर्दोष महिलामाथि भएको कुटपिटको घटनाप्रति मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गोरखा निन्दा गरेको छ ।


बिहिबार विज्ञप्ति जारी गर्दै पार्टीले अजिरकोट गाउँपालिका ५ बाट जिसस सदस्यमा निर्वाचित देवकोटा र उनका श्रीमानले सोही ठाउँकी ३५ वर्षीया कल्पना धिताललाई लछारपछार पार्दै कुटपिट गरेको घटनाले पार्टीलाई अत्यन्त दुखित र गम्भीर तुल्याएको उल्लेख गरिएको छ ।

जिल्ला पार्टी सेक्रेटरी रविद्वारा हस्ताक्षित विज्ञप्तिमा काम गरेको ज्याला माग्न जाँदा देवकोटा दम्पतीद्वारा धिताल महिलामाथि भएको कुटपिट र लछारपछार गरी गम्भीर घाइते बनाउनु अत्यन्त निन्दनीय भएको उल्लेख छ । साथै विज्ञप्तिमा घटनाको निश्पक्ष छानबिन, पीडितको उपचारको ब्यवस्था र कसुरदारलाई हदैसम्मको कारवाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्