| मङ्लबार, कार्तिक २४, २०८३

मनकामना बजार अनुगमन

गोरखाको सहिदलखन गाउँपालिका स्थित मनकामना बजार क्षेत्रमा अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहूँले ‘विश्व खाद्य स्वच्छता दिवस २०८२’ को अवसरमा सोमबार मनकामना बजार अनुगमन गरेको हो ।

कार्यालयले ‘खाद्य पदार्थमा स्वच्छताः विज्ञानको अपरिहार्यता’ भन्ने नाराका साथ विभिन्न सप्ताहव्यापी कार्यक्रम गरेर विश्व खाद्य स्वच्छता दिवस २०८२ मनाएको कार्यालयका खाद्य अनुसन्धान अधिकृत ज्योति आर्चालले बताए । सोही सप्ताहव्यापी कार्यक्रमको दोस्रो दिन प्रसिद्ध धार्मिक स्थल मनकामनामा बजार अनुगमन गरिएको उनले जानकार दिए ।

साथै, अनुगमनको क्रममा देखिएका कमजोरीलाई सुधार गर्ने विषयमासरोकारवालाहरुलाई सचेतना कार्यक्रम संचालन गरिएको उनको भनाई छ । ‘अनुगमनपछि एक कार्यक्रम आयोजना गरेर ४५ भन्दा बढी व्यवसायीहरुलाई खाद्य स्वच्छता तथा गुणस्तरबारे सचेतना कार्यक्रम संचालन गरेको थियौँ’, उनले भने ।

सचेतना कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका कर्मचारीहरु, सहिदलखन गाउँपालिकाकी उपाध्यक्ष इन्दिरा तिवारी, गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष दुर्गा विलास भट्टराई, गाउँपालिकाको सरसफाई तथाफोहोरमैला व्यवस्थापन समिति संयोजक दिनेश जोशी, लायन्स क्लब अफ मनकामनाकाअध्यक्ष वसन्त मल्ल इलाका प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, होटल व्यवसायी महासंघ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्