| मङ्लबार, कार्तिक २४, २०८३

बजेटमा निवृत्त राष्ट्र सेवाकलाई सम्बोधन नगरेको भन्दै आपत्ति

आगामी आर्थिक बर्षको बजेटले निवृत्त राष्ट्र सेवकहरुलाई सम्बोधन नगरेको भन्दै निवृत्त राष्ट्र सेवक समाज नेपाल गोरखाले आपत्ति जनाएको छ । आफूहरुमाथि बिभेदपूर्ण व्यवहार गरेको भन्दै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । सोमवार सहायक प्रमुख जिल्ला अधिकारी मार्फत उनीहरुले प्रधानमन्त्रीलाई ध्यानकर्षण पत्र समेत बुझाएका छन् । राष्ट्रसेवकलाई पटकपटक महङ्गगीभत्ता सम्बोधन गरेपनि निवृत्तिहरुलाई कुनै प्रकारको सम्बोधन नभएको भन्दै सेवानिवृत्तहरुको लागि पनि निवृत्ति भरण वृद्धि गर्न समाजले माग गरेको छ ।
निवृक्त राष्ट्र सेवक समाज, नेपाल नेवृत्त शिक्षक समाज, नेपालपूर्व प्रहरी संगठन, नेपालभूतपूर्व सैनिक संघ र पुर्व सुरक्षाकर्मी परिषद लगायतका निवृत्त संस्थाहरुले संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्