
यातायात बन्दको आन्दोलन फिर्ता
यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार, आन्दोलन फिर्ता लिइएको हो ।
एक महिनाको सर्त राखेर आन्दोलन फिर्ता लिएको उनले बताए । ‘गण्डकी प्रदेश सरकारको पत्र आयो । सार्वजनिक यातायात सुचारू गरिएको छ’ उनले भने ।
गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावलीको विरोध गर्दै यातायात व्यवसायीहरू गत शुक्रबारबाट आन्दोलनमा उत्रिएका थिए । यातायात व्यवसायीहरूले गरेको आन्दोलनका कारण देशभरको सार्वजनिक यातायात ठप्प थियो ।




