| आइतवार, कार्तिक २२, २०८३

आगामि बर्ष गोरखाका पालिकालाई ४ अर्ब ७८ करोड अनुदान

आगामि आर्थिक वर्ष २०८२÷८३ मा गोरखाका स्थानीय तहहरुका लागि चार अर्ब ७८ करोड रुपैँया बिनियोजन भएको छ । संघ सरकारको अन्तर सरकारी वित्तीय हस्तान्तरण कार्यक्रम अन्तरगत जिल्लाका ११ वटा पालिकाहरुका लागि उक्त रकम बिनियोजन गरिएको हो ।
संघले पालिकाहरुलाई पूर्वाधार विकास, सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, कृषि तथा सामाजिक सुरक्षा लगायतका कार्यक्रमहरू संचालन गर्न उक्त रकम बिनियोजन गरेको हो । जिल्ला सदरमुकाम समेत रहेको गोरखा नगरपालिकाका लागि आगामि वर्ष रु ६६ करोड ८१ लाख रकम बिनियोजन भएको छ ।
गोरखापछि सबैभन्दा धेरै पालुङटार नगरपालिकाका लागि रु ५९ करोड ६६ लाख रकम बिनियोजन भएको अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । आगामि वर्ष अजिरकोट गाउँपालिकाका लागि ३० करोड ७३ लाख रुपैँया बिनियोजन भएको छ ।
त्यसैगरी सिरानचोक गाउँपालिकाका लागि ४७ करोड ३३ लाख रुपैँया बिनियोजन भएको छ भने गण्डकी गाउँपालिकाका लागि रु ४६ करोड २४ लाख रुपैँया बिनियोजन भएको छ ।
जिल्लाको भीमसेनथापा गाउँपालिकाका लागि ४४ करोड ६२ लाख रुपैँया बिनियोजन भएको उल्लेख छ । यस्तै, आरुघाट गाउँपालिकाको लागि ४३ करोड ८१ लाख रुपैँया र बारपाक–सुलिकोट गाउँपालिकाका लागि ४४ करोड ६० लाख रुपैँया बिनियोजन भएको अर्थमन्त्रालयको विवरणमा उल्लेख छ ।
सहिद लखन गाउँपालिकाका लागि भने रु ४१ करोड २८ लाख रकम बिनियोजन भएको अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ ।
विकट मानिने गोरखाको धार्चे र चुमनुब्री गाउँपालिकाको लागि अन्तर सरकारी वित्तीय हस्तान्तरण कार्यक्रम अन्तरगत संघले क्रमश रु ३० करोड १५ लाख र रु २३ करोड ३० लाख रुपैँया बिनियोजन गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्