| मङ्लबार, कार्तिक २४, २०८३

बन्दको अवज्ञा गरेको भन्दै गोरखामा यात्रुवहाक बस तोडफोड

गण्डकी प्रदेशले राइड सेयरिङ नियमावली लागू गरेको बिरोधमा आन्दोलमा उत्रिएका यातायात व्यवसायीले गोरखामा यात्रुवहाक बस तोडफोड गरेका छन् । शुक्रवार दिउँसो करिव तीन बजे बाह्रकिलो चोकमा बा ५ ख ५३९९ नम्वरको बस उनीहरुले तोडफोड गरेका हुन् । तोडफोडबाट गाडीको अगाडीको सिसामा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । काठमाडौंबाट यात्रु लिएर गोरखा आउने क्रममा उक्त बसमाथि तोडफोड भएको हो ।

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटको गाडीलाई पनि यात्रु ओसारपोसार गर्न दिने निर्णय गरेको भन्दै यातायात व्यवसायीले आज गण्डकी प्रदेशभर सार्वजनिक यातायात बन्दको आव्हान गरेको हो । सार्वजनिक यातायात बचाउ संघर्ष समिति नै बनाएर उनीहरु आन्दोलनमा उत्रिएका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले उक्त बसमाथि तोडफोड गरेका हुन् ।तोडफोड गर्नेको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए ।

प्रतिक्रिया दिनुहोस्