| मङ्लबार, कार्तिक २४, २०८३

आरुटारको भिमसेन मन्दिर जिर्णाेद्धारको काम सुरु

आरुघाट गाउँपालिका–९ आरुटारको आकर्षकचोकस्थित भिमसेन मन्दिर जिर्णाेद्धारको काम सुरु भएको छ । पालिकाद्वारा बिनियोजित तीन लाख बजेटले मन्दिर जिर्णाेद्धार थालिएको हो । करिव तीन सय बर्ष पुरानो उक्त मन्दिर जिर्ण बन्दै गएपछि जिर्णाेद्धार गर्न लागिएको उपभोक्ता समिति अध्यक्ष कल्पना श्रेष्ठले बताइन् ।

‘अहिले ढुंगाको छानो छ, अव त्यो हटाएर ढलान हुन्छ,’ उनले भनिन्, ‘बाहिरी भागमा टायल लगाउँछौँ ।’ मन्दिर वरपर घेरावार समेत लगाइने उनले जानकारी दिइन् । केही दिनअघि बिशेष पुजाआजा सहित देवता सारेर जिर्णाेद्धारको काम सुरु गरिएको उनले बताइन् । दशैँ, तिहार लगायतका पर्वमा नेवारी समुदायको उक्त मन्दिरमा बिशेष पुजाआजा हुने उनको भनाइ छ । दैनिक पुजापाठ समेत हुने गरेको उनले जानकारी दिइन् । यो आर्थिक बर्षभित्रै काम सम्पन्न हुने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्