| मङ्लबार, कार्तिक २४, २०८३

सांसद बजगाईँले संसदमा भने, बूढीगण्डकी नेपालीले निर्माण गर्न सक्छन्

प्रतिनिधिसभाका सांसद राजेन्द्र बजगाईँले बूढीगण्डकी जलविद्युत आयोजना नेपालीहरुले नै निर्माण गर्न सक्ने बताएका छन् । सोमबार संसदमा बोल्दै उनले प्रधानमन्त्री, अर्थमन्त्री स्वयंले आगामि बजेटमा बूढीगण्डकी आयोजना समेट्ने कुनै योजना नरहेको भनिसकेको र ‘वैकल्पिक स्रोत खोज्दैछौँ’ भन्ने अस्पष्ट अभिव्यक्ति आएको भन्दै गुनासो गरेका हुन् ।

‘बूढीगण्डकी जलविद्युत आयोजनाका निर्माणका लागि अनुमानित ३१० अर्ब डलर लाग्ने रहेछ’, उनले भने, ‘नेपालको जनगणना २०७८ को तथ्याङ्क अनुसार यहाँको जनसङख्या ३ करोड १५ लाख छ । यसरी हेर्दा प्रत्यक नेपालीले प्रतिव्यक्ति नौँ हजार ८४१ रुपैँया सेयर वितरण गर्न सक्ने परिस्थिति भयो भने नेपालीहरुले राष्ट्रिय गौरवको परयोजना बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न सक्थ्यौँ ।’बूढीगण्डकीलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेतापनि सरकारको तर्फबाट कुनै चासो एवं प्रतिबद्धता नदेखिनु दुखद रहेको उनले बताएका छन् ।

साथै, उनले गत वर्ष वर्षाले क्षतिग्रस्त बनाएको त्रिशुली नदीको धवादीघाट, ठेवाटार र सिलिङटारको झोलुङ्गे पुल हालसम्मपनि मर्मत हुन नसकेको बताएका छन् । गोरखाको सहिदलखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिका जोड्ने यी पुलहरु क्षतीग्रस्त भएको झन्डै एकवर्ष बितिसक्दा पनि हालसम्म मर्मत हुन नसकेको हो । राजमार्गसँग जोडिएका यी संरचनाहरूको बेवास्ता गर्नु गम्भीर र लज्जा विषय भएको सांसद बजगाईँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्