
मरहट्टा अकोराब गण्डकी प्रदेश समिति सदस्य
रेडियो गोरखामा कार्यरत पत्रकार विकास मरहट्टा सामुदायिक रेडियो प्रशारक संघ(अकोराब)को गण्डकी प्रदेश कार्यसमितिको सदस्य मनोनित भएका छन् ।
गत मंगलबार सम्पन्न संघको बैठकले मरहट्टालाई गण्डकी प्रदेश कार्य समितिको सदस्यमा चयन गरेको हो ।
उनी बिगत एक दशकदेखि रेडियो गोरखामा र दरौंदी दैनिकमा पनि कार्यरत छन् ।
साथै मरहट्टा नेपाल पत्रकार महासंघ गोरखा शाखाका उपाध्यक्ष पनि हुन् ।
मरहट्टासंगै अकोराबले रेडियो लेखनाथकी रञ्जना जिसीलाई पनि गण्डकी प्रदेश कार्यसमितिमा मनोनित गरेको छ ।




