| आइतवार, कार्तिक २२, २०८३

विकास हाइड्रोद्वारा धार्चेबासीका लागि आइपिओ खुल्ला

विकास हाइड्रोपावर कम्पनीले धार्चेका स्थानीयबासी, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक र हाइड्रोपावर कम्पनीका कर्मचारीका लागि आइपिओ खुल्ला गरेको छ । कम्पनीले मंगलबार सार्वजनिक सूचना जारी गरी आयोजना सञ्चालित क्षेत्र धार्चे गाउँपालिकाका लागि, सोही हाइड्रोपावर कम्पनीका कर्मचारी र विभिन्न देशमा रहेका नेपालीहरुका लागि ९० करोड ९१ लाख रुपैयाँको सेयर निस्काशन गरेको हो ।
धार्चेका बासिन्दालाई दुई वर्गमा विभाजन गरेर सेयर निस्काशन गरेको छ । वडा नं. ४ र ५ का बासिन्दालाई अति प्रभावित क्षेत्रमा वर्गिकरण गरी ४० प्रतिशत अर्थात तीनलाख ६३ हजार ६४० कित्ता (तीन करोड ६३ लाख ६४ हजार बराबर) सेयर निस्काशन गरेको छ । बाँकी सबै वडाका बासिन्दालाई प्रभावित क्षेत्र घोषणा गरी ६० प्रतिशत अर्थात पाँचलाख ४५ हजार ४६१ कित्ता(पाँच करोड ४५ लाख ४६ हजार एकसय रुपैयाँ बराबर) सेयर निस्काशन गरेको छ ।
सार्वजनिक निस्काशन गरिने सेयरको १० प्रतिशत अर्थात तीनलाख ५४ हजार ५५० कित्ता(तीन करोड ५४ लाख ५५ हजार रुपैयाँ बराबर)को सेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर निस्काशन गरेको छ ।
सेयर खरिद गर्न चाहनेले १० कित्तादेखि १० हजार कित्तासम्म सेयर खरिद गर्न पाउनेछ । सेयर खरिद गर्न चाहनेले प्रभु क्यापिटल कमलादी, प्रभु वैंक आरुघाट, हिमालयन वैंक धार्चे, विकास हाइड्रोपावर कम्पनीको आयोजना स्थलको कार्यालयमा दरखास्त फाराम बुझाउन सकिने व्यवस्था गरेको छ ।
फाराम जेठ ६ गतेदेखि २० गतेसम्म फाराम बिक्री खुल्ला गरिएको विकास हाइड्रोका कृष्ण घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्