| मङ्लबार, कार्तिक २४, २०८३

तत्काल गठबन्धन तोडिने अवस्था छैन ः महत

नेपाली कांग्रेसका प्रवक्ता प्रकास शरण महतले तत्काल सत्ता गठबन्धन तोडिने अवस्था नरहेको बताएका छन् । मंगलबार जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उनले बजारमा चलेका अफवाको पछाडी नलाग्न आग्रह गरे ।
‘यो गठनबन्धन उच्चकोटीको भएकाले एक अर्काको दृष्टिकोण लाई बुझ्नु पर्दछ । कसैको मत सतप्रतिशत लागु हुन्छ भन्न सकिँदैन,’ उनले भने, ‘गठबन्धन भन्नेवित्तिकै त्यहाँ साझा दृष्टिकोणको आवश्यकता पर्दछ ।’ एकले अर्काको प्रस्तावलाई कदर गर्नुपर्ने आधारहरु भए स्वीकार गर्नुपर्ने उनको भनाई छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले गभर्नर नियुक्तिको प्रक्रिया यत्ति साह्रो ढिलो हुनुले कांग्रेसलाई चिन्तित तुल्याएको बताएका छन् । गठबन्धनलाई टिकाइराख्न प्रधानमन्त्रीको बढी जिम्मेवारी हुने भन्दै उनले यसमा आशंकाको वातावरण सिर्जना नगर्न प्रधानमन्त्री समक्ष आग्रह गरेका छन् । ‘मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दललाई स्पष्ट बहुमत ल्याउन नदिएकाले गठबन्धनको सरकार बनाउनु परेको हो ।
यसअघिका गठबन्धन भन्दा यो गठबन्धन बलियो भएकाले यसमा शंका, उपशंका उत्पन्न हुने खालका वातावरण सिर्जना हुनबाट जोगाउन प्रधानमन्त्रीजी बढि जिम्मेवार हुनुपर्छ’, उनले भने । आफू अर्थमन्त्री हुनुअघि मुलुकको अर्थतन्त्र अत्यन्त अस्तव्यस्त भएको भन्दै उनले आफ्नो अहोरात्रको प्रयासले ट्रयाकमा ल्याउन सफल भएको दाबी गरे । ‘अहिले केही न केही सुधार भएको छ तर यति सुधारले हामी सन्तुष्ट छैनौं’, उनले भने, ‘अब दोस्रो चरणको सुधारको योजना अघि बढ्नुपर्छ । संसदबाट अर्थसम्बन्धी पाँचवटा विधेयकहरु पास गरेको छ । अव राष्ट्रवैंकको गभर्नर यथासीघ्र नियुक्ति भएर मौद्रिक नीतिमा सुधार ल्यायो भने सुधारको बाटोमा हिड्न सक्छ ।’ गर्भनर नियुक्त आजभोली हुन सक्ने भन्दै उनले पत्रकार भेटघाटमा बताएका थिए । मंगलवार नै राष्ट्र बैकले नयाँ गर्भनर पाएको छ । १८ औं गर्भनरको रुपमा बिश्वनाथ पौडेल नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्