
चोरीको मोटरसाइकलसहित एक पक्राउ
दुई वटा चोरीको मोटरसाइकलसहित प्रहरीले एक जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ का १८ बर्षीय संजिव तामाङ रहेका छन् । हाल अजिरकोट गाउँपालिका–४ माउसुली बस्दै आएका उनको कोठाबाट प्रहरीले नम्वर प्लेट नभएको १५० सिसिको पल्सर र बा ६४ प ५६६६ नम्वरको २२० सिसिको रातो कालो पल्सर बाइक बरामद गरेको छ ।
‘मोटरसाइकल चोरी गरेर लुकाई छिपाई राख्ने र बिक्री वितरण गर्ने भन्ने गोप्य सुचनाको आधारमा हामीले शुक्रवार तामाङको कोठामा खानतलासी गरेका थियौ,’ प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले भने, ‘सोही क्रममा चोरीका यी दुई वटा मोटरसाइकल फेला पा¥यौ ।’ मोटरसाइकल बरामद गरी तामाङलाई पक्राउ गरिएको उनले जानकारी दिए । तामाङ बिरुद्ध चोरी कसूरमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।
सम्बन्धित कागजात भए नभएको एकिन गरी यातायात कार्यालयबाट नामसारी गरेर मात्र सवारी खरिद गर्न प्रहरीले अनुरोध समेत गरेको छ । कागजपत्र नभएका सवारी साधनहरु यातायात कार्यालय वा प्रहरी कार्यालयमा बुझाउन आग्रह गर्दै अन्यथा कानून बमोजिम कारवाही हुने चेतावनी प्रहरीले दिएको छ ।




