| सोमवार, कार्तिक २३, २०८३

पूर्णिमा श्रेष्ठ पाँचौं पटक सगरमाथा शिखरमा

गोरखाकी पूर्णिमा श्रेष्ठ पाँचौँ पटक सगरमाथा शिखर चुम्न सफल भएकी छिन् । आइतबार बिहान ३ः३७ बजे पाँचौ पटक सगरमाथाको सफल आरोहण गरेकी हुन् ।

चौथो शिविरबाट शनिबार बिहान साँढे सातबजे प्रस्थान गरेकी उनले बिहान ३ः३७ बजे शिखरमा पाइला टेकेकी आरोहण व्यवस्थापन गरेको कम्पनी सतोरी एड्भेञ्चर प्रालिले जनाएको छ ।

आरुघाट गाउँपालिका १० आरुटारकी श्रेष्ठ नेवार समुदायबाट सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने महिलाका रुपमा कहलाएकी सो कम्पनीका ऋषि भण्डारीले जानकारी दिए ।

उनी अहिले दोस्रो आधार शिविरतिर फर्कदै गरेको उनले बताए ।

यसअघि गतबर्ष यही सिजनमा १२ मे, १९ मे र २५ मेमा उनले दुईहप्ताको अन्तरालमा तीनपटक सगरमाथा आरोहण गरी रेकर्ड कायम गरेकी थिइन् । त्यसअघि उनले २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन् ।

आठहजार मिटरभन्दा अग्लो १४ वटा हिमाल आरोहण गरिसकेकी उनले दोस्रो अग्लो माउण्ट केटु, ल्होत्से, मनास्लु, अन्नपूर्ण, धौलागिरी लगायतका हिमाल आरोहण गरेर विभिन्न शीर्षकका किर्तिमान कायम गरिसकेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्