
पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु
गोरखामा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं ४ बस्ने १५ वर्षका सिजल गुरुङकोमृत्यु भएको हो ।
गुरुङको अजिरकोट गाउँपालिका–५ स्थित दरौँदी नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गुरुङको शव पोष्टमार्टमका लागी प्रदेश अस्पताल गोरखामा ल्याइएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।




