
जनतालाई भर अपराधीलाई डर हुने ढंगले काम गर्छौ : एसपी बिक
आपराधिक क्रियाकलापमा लागेका कुनैपनि व्यक्ति कानूनी कठघराबाट बाहिर नरहने जिल्लामा आएका नयाँ एसपी भरत बिकको दाबी छ । ‘निर्दोष व्यक्ति कोही पर्दैन’, भर्खरै मात्र जिल्ला प्रहरी कार्यालय गोरखाको नेतृत्व सम्हाल्न आएका उनले पत्रकारहरुसंगको परिचयात्मक भेटमा भने, ‘जनतालाई भर अपराधीलाई डर हुने ढङ्गबाट हामी काम गर्छौ । यसमा तपाईहरुको पनि रचनात्मक साथ र सहयोग चाहिन्छ ।’
जिल्लामा रहँदासम्म जनताको शान्ति सुरक्षा अमन चयन कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता उनको छ । संगठनभित्र आफू व्यवसायिक प्रहरीका रुपमा चिनिएको भन्दै उनले प्रहरी संगठनको छविलाई उच्च र मर्यादित राख्न कटिवद्ध रहेको बताए ।




