| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा चितवन पत्रकार समाजद्वारा गोरखाको बिकास र प्रचारप्रसारमा हातेमालो गर्ने प्रतिवद्धता

गोरखा चितवन पत्रकार समाजले जिल्लाको बिकास र प्रचार प्रसारका लागि आफूहरु स्थानीय तहरुसंग हातेमालो गर्न तयार रहेको बताएको छ । गोरखा चितवन पत्रकार समाजले आयोजना गरेको अवलोकन भ्रमणमा बोल्दै समाजकी उपाध्यक्ष शान्ता अधिकारीले समग्र जिल्लाको बिकास र प्रचार प्रसार गर्न आफूहरु भ्रमणमा आएको बताइन् ।

गोरखा नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समाचारसंगै सम्बन्धको यात्रामा गोर्खा भ्रमणमा आएको बताइन । विश्व सामु ‘गुर्खा’को नामबाट परिचित गोर्खालीहरूको भूमि गोरखाले राष्ट्रिय इतिहासको पानामा एउटा महत्वपूर्ण स्थान ओगटेको बताउदै उनले सम्भावना नै सम्भावन बोकेका क्षेत्रहरु गोरखामा रहेको बताएकी छिन् । गोरखामा पर्यटन वर्ष चलिरहदा गोरखा चितवन पत्रकार समाजले गर्न सक्ने प्रचार प्रसारमा सक्दो सहयोग गर्ने उनको भनाई थियो ।

अन्तरक्रिया कार्यक्रममा होटल व्यवसायी संघ गोरखाका अध्यक्ष केशव कुबर, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल, गोरखा चितवन पत्रकार समाजका अध्यक्ष नविन बाबु मरहट्टा, समाजका सल्लाहकार कृष्ण खनाल, सचिव सनद अधिकारी र समाजमा आवद्ध अन्य संचारकर्मीहरु, जिल्लाका संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्