| मङ्लबार, कार्तिक २४, २०८३

सरकारी जग्गामा संरचना निर्माण नगर्न चुमनुब्री गाउँपालिकाले आग्रह

पालिकाभित्रका सरकारी/ऐलानी जग्गामा कुनै पनि संरचना निर्माण नगर्न चुमनुव्री गाउँपालिकाले आग्रह गरेको छ । सरकारी जग्गा अतिक्रमण नगर्न आग्रह गर्दै पालिकाले आफ्नो नाममा जग्गाधनी पूर्जा नभएका जग्गामा घर, टहरा, होटल तथा खाजाघर, कृषि खेती, गोठ निर्माण नगर्न भनेको हो ।

मंगलवार सार्वजनिक सूचना जारी गर्दै पालिकाले त्यसरी बनाइएका संरचनाहरु हटाएर कानुनी कारवाही गर्ने चेतावनी दिएको छ । गाउँ कार्यपालिकाको बैशाख १५ गतेको बैठकले उक्त निर्णय गरेको भन्दै कार्यान्वयनमा सहयोग गर्न पालिकाले सबै पालिकावासीलाई आग्रह समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्