
पर्यटन दिवसमा पर्यटकको सम्मान
३९ औ विश्वपर्यटन दिवस को अवसरमा मनास्लु संरक्षण क्षेत्र आयोजनाले जगत र सामागाँउमा रहेको आयोजनाको चेक पोष्टमा पर्यटनको स्वागत गरी मनाएको छ । दिवसको अवसरमा मनास्लु संरक्षण क्षेत्र घुम्न आउने पर्यटकलाई खादा, माला लगाई स्वागत गरिएको आयोजना प्रमुख नरेन्द्र लामाले जानकारी दिए ।
पर्यटन र डिजिटल ट्रान्फरमेशन नारा दिईएको यसबर्षको पर्यटन दिवसको अवसरमा आयोजनाको जगतस्थित पर्यटनचेक पोष्टमा सबैभन्दा पहिला आइपग्ने ६ जना पर्यटनलाई विशेष स्वागत गरी यस क्षेत्रको बारे जानकारी गराएको लामाले बताए । साँझमा पुगेका पर्यटकलाई आयोजनाको सामागाउँमा रहेको पर्यटन चेकपोष्टमा स्थानीय पर्यटन व्यवसायी र आयोजनाका कर्मचारीले खादा र स्थानीय परिकारसहित विशेष स्वागत गरिएको आयोजनाको पर्यटनचेक पोष्ट जगतका ईन्चार्ज रामचन्द अधिकारीले जानकारी दिए ।
मनास्लु संरक्षण क्षेत्र आयोजनाकाप्रमुख नरेन्द लामाका अनुसार मनास्लु संरक्षण क्षेत्रमा घुम्न आउने पर्यटकको संख्या बिगत केही बर्षदेखी बढिरहेको छ ।




