| मङ्लबार, कार्तिक २४, २०८३

लायन्स क्लव अफ गोर्खा दरबारको अध्यक्षमा भिमलाल श्रेष्ठ

लायन्स क्लव अफ गोर्खा दरबारको अध्यक्षमा भिमलाल श्रेष्ठ चयन भएका छन् । केही दिनअघि सम्पन्न अधिवेशनले लायन्स क्लव अफ गोर्खा दरबारको वर्ष २०२५/०२६ का लागि अध्यक्षमा श्रेष्ठ चयन गरेको हो ।

क्लवको सोमबार सम्पन्न दोस्रो अधिवेशनबाट प्रथम उपाध्यक्षमा सुमन श्रेष्ठ, द्वितीय उपाध्यक्षमा प्रताप ढकाल, सचिवमा प्रशुराम भट्ट र कोषाध्यक्षमा चित्रबहादुर भट्ट चयन भएका छन् ।

सदस्यहरुमा शैलेस लामिछाने, विष्णुप्रसाद तिमिल्सिना, अनिल भण्डारी, रमन भट्ट, बिनोद श्रेष्ठ, सुमन बगाले, अशोक गिरी, सुजन देवकोटा, सुजन दवाडी, प्रशुन अधिकारी, प्रविन श्रेष्ठ र विकास थापा चयन भएको कलवले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्