| मङ्लबार, कार्तिक २४, २०८३

कर्मा राप्के चिनियाँ जेलमुक्त, कर्मा छेदेन अझै जेलमै

चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएको गोरखाका कर्मा राप्के एकबर्षपछि रिहा भएका छन् । चुमनुब्री गाउँपालिका ७ छेकम्पार लामागाउँका लामालाई मंगलबार बिहान रिहा भएका हुन् । उनी बुधबार काठमाडौँमा उत्रिएका सो क्षेत्रका सांसद राजेन्द्र बजगाईँले जानकारी दिए । ‘अस्ति रिहा हुनुभएको हो ।

हिजो काठमाडौँ आइपुग्नु भएको छ’, सांसद बजगाईँले भने । उनी बुधबार नै परिबारको संपर्कमा आइपुगेको छेकम्पार, लामागाउँका पासाङ फुञ्जो लामाले जानकारी दिए । ‘मलाई रिहा हुने बित्तिकै चाइनाबाटै फोन गर्नुभएको थियो’, उनका आफन्तसमेत रहेका पासाङ फुञ्जो लामाले भने, ‘अनि हिजो उताबाट प्लेन चढाएर नेपाल पठाइदिएको रहेछ । हिजो नै आमाले बुझेर लिइसक्नु भएको छ ।’

गतबर्ष बैशाख पहिलो हप्ता यार्सागुम्बा संकलन गर्न गएका ३० बर्षका कर्मा राप्केलाई परिचय नदिई सीमानामा बोलाएर चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरेका परिबारस्रोतको भनाइ छ । कर्मा राप्केसंगै चिनियाँ सुरक्षाकर्मीले छेकम्पार छुलेका कर्मा छेतेन भने अझै चिनियाँ कारागारमा छन् ।

उनी अझै दुईबर्ष चिनियाँ जेलमै रहने सूचना आएको पासाङ फुञ्जो लामाले जानकारी दिए । दुई युवालाई बिना जानकारी सीमानामा बोलाएर चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि सांसद राजेन्द्र बजगाईँले उनीहरुको यथार्थ अबस्थाको जानकारी लिन र जीवन सुरक्षाको माग गर्दै संसदमा आवाज उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्