| मङ्लबार, कार्तिक २४, २०८३

यमगाउँका दलबहादुर डेढ महिनादेखि बेखबर

धार्चे गाउँपालिका ५ यमगाउँका दलबहादुर गुरुङ बिगत डेढ महिनादेखि सम्पर्कबिहिन छन् । ४७ बर्षका गुरुङ गत चैत ४ गतेदेखि परिबारसंग सम्पर्कबिहिन भएको उनका आफन्त साने गुरुङले जानकारी दिए ।

‘घरबाट उपचार गर्न भनेर गोरखा बजार हिँडेको हो तर बजार पनि आइपुगेनन्, घरमा पनि फर्केनन्’, साने गुरुङले भने, ‘आज डेढ महिना भइसक्यो, कतै आफन्तको पनि पुगेका छैनन् । खोजी गरिदिन भनेर माछाखोला प्रहरीचौकीमा पनि खबर गरेका छौँ । गाउँलेहरुले नि खोजी गरिरहेका छन् ।’

यसअघि पनि बेलाबेला सम्पर्कबिहिन हुने गरेको तर, यसपटक यति लामो समयसम्म बेपत्ता भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्