
गोरखा आबुँखैरेनी सडक खण्ड १० बजेदेखि अबरुद्ध
सडक दुर्घटनामा घाईतेको उपचार र दोषिलाई कारबाहीको माग गर्दै गोरखा नगरपालिका १२ को दशकिलोका बासीन्दाले गोरखा आबुँखैरेनी सडक खण्ड अबरुद्ध पारेका छन् । विहान साढे १० बजे आबुखैरेनी तर्फ जादै गरेको नम्बर नखुलेको २२० सी सी को पल्सर मोटरसाईकलले सोही ठाउँका ७४ बर्षिय रुद्रबहादुर कुमाललाई ठक्कर दिएको थियो । ठक्कर दिएलगत्तै फरार भएका मोटरसाईकल चालक पक्राउ परेका छैनन् । त्यसैले चालकलाई पक्राउ गरि उपचार खर्चको माग सहित स्थानिय बासीन्दाले दुर्घटना लगत्तै सडक अबरुद्ध पारेका हुन् । सडक अबरुद्ध हुँदा दुर्घटनास्थलमा सवारी साधनको लाईन बढेको छ । निधार र बायाँ खुट्टामा चोट लागेका घाईते कुमालको आबुँखैरेनीको छिम्केश्वरी अस्पतालमा उपचार भैरहेको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।




