
जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग
गोरखा नगरपालिका १० टक्सार निवासी सुवास घिमिरेले जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग गरेका छन् । गोरखाबजारस्थित बालमन्दिर माविद्वारा सञ्चालित अनाथआश्रममा रहेका बालबालिकालाई खाद्यान्न तथा स्टेशनरी सामान प्रदान गरेका हुन् ।
नेपाल रेडक्रस सोसाइटी गोरखा शाखामा कार्यरत घिमिरेले बालमन्दिरका अनाथ बालबालिकाका लागि पन्द्रहजार रुपैयाँ बराबरको चामल, दाल, नून, तेल, कापी, कलम, लगायतका सामग्री प्रदान गरेका राजन ढुंगानाले जानकारी दिए ।
उनले विद्यालयका निमित्त प्रधानाध्यापक शिव थापा तथा विद्यालय व्यवस्थापन समितिका सदस्य भक्तराम रानालाई सो सामग्री हस्तान्तरण गरेका उनले बताए ।




