| मङ्लबार, कार्तिक २४, २०८३

नौ दिनमा सात फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालयले नौ दिनको अवधिमा सात जना फरार अभियुक्त पक्राउ गरेको छ । उनीहरुबाट आठ लाखभन्दा बढी जरिवाना असुल उपुर भएको छ ।

‘बैशाख महिनाको हालसम्म मात्रै सात जना फरार अभियुक्त पक्राउ परिसके,’ प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले भने, ‘उनीहरुबाट एक महिना पाँच दिन कैद भुक्तान र ८ लाख ३७ हजार २ सय ७५ रुपैया जरिवाना असुल उपर गरेका छौ ।’
मंगलवार मात्र फरार सूचिमा रहेका गण्डकी गाउँपालिका–१ का इश्वर घिमिरेलाई पक्राउ गरिएको उनले जानकारी दिए ।

घिमिरेलाई २०७७ साल फागुन ११ गते बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनले तीन दिन कैद र २ लाख ८० हजार ८ सय ४४ रुपैया जरिवाना तोकेको थियो । सँगै पीडित राहत कोषमा ११ हजार २ सय ३३ रुपैया जम्मा गर्नुपर्ने भनिएको थियो । त्यसयता फरार रहेका उनलाई पक्राउ गरी मंगलवार गोरखा जिल्ला अदालतमा पेश गरिएको र अदालतले कारवाही भुक्तानका लागि कारागार पठाएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्