| आइतवार, कार्तिक २२, २०८३

छोरीमाथि यौन दुव्र्यबहार गर्ने पक्राऊ

दरौंदी ः आफ्नै छोरीमाथि यौन दुव्र्यबहार गर्ने एक बाबुलाई प्रहरीले पक्राउ गरेको छ । सुलिकोट गाउँपालिका निबासी ४९ बर्षका उनलाई पक्राउ गरी बिहिबार मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ ।
उनीविरुद्ध उनकै परिबारका सदस्यले जाहेरी दिएका थिए ।
उनले मादक पदार्थ सेवन गरी बारम्बार १६ बर्षीय छोरीमाथि यौन दुव्र्यबहार गर्ने गरेको खुलेको छ । पछिल्लो पटक गत भदौ २७ गते दुव्र्यबहार गरेपछि उनलाई प्रहरीमा उजुरी गरिएको थियो ।
प्रहरी कार्यालयले जिल्ला अदालतमा मुद्धा दर्ता गरी म्याद थप गरेर थप अनुसन्धान गर्न सुरु गरेको एसपी बिमल बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्