| मङ्लबार, कार्तिक २४, २०८३

पर्यटन विकास गर्न पदमार्ग बनाउँदै

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ४ को कार्यालयले पर्यटन विकासका लागि पदमार्ग निर्माण गर्न सुरु गरेको छ । वडाको १० लाख बजेटमा २ किलोमिटर लामो नामरुङ पदमार्ग निर्माणको काम सुरु गरेको हो ।

पदमार्ग निर्माण अन्तरगत हाल ढुङ्गा बिछ्याउने काम भईरहेको चुमनुब्री–४ का वडाअध्यक्ष पेमा ग्याल्पो लामाले बताए । ‘मनासलु पदमार्ग अन्तरगतको यो बाटोमा हिड्न मुस्किल थियो । मान्छे, भेडा सबै यही बाटो हिँड्नु पर्दा धेरै चिप्लो हुन्थ्यो ।

सका कारण पर्यटकहरुले धेरै सास्ती खेप्नु परेको थियो’, उनले भने, ‘ढुङ्गा बिछ्याएपछि भने पर्यटक र स्थानीयहरुलाई धेरैसहज हुन्छ ।’ नामरुङ पदमार्ग अन्तरगत लार्के बजार स्वास्थ्य चौकी समेत पर्ने हुँदा स्थानीयहरुलाई स्वास्थ्य चौकी आवत जावतमा सहजता हुने वडाअध्यक्ष पेमाको भनाई छ । उनका अनुसार पदमार्ग निर्माणको काम यही आर्थिक वर्षभित्र सम्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस्