| मङ्लबार, कार्तिक २४, २०८३

बैशाख १२ गते बारपाक सुलिकोटमा सार्वजनिक बिदा

आउँदो बैशाख १२ गते बारपाक सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा हुने भएको छ । २०७२ साल बैशाख १२ गते बारपाक केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भुकम्पको स्मृतिमा सो गाउँपालिकाले सार्वजनिक विदा आव्हान गरेको हो ।

आइतबार सार्वजनिक सूचना जारी गर्दै पालिकाले बैशाख १२ गते पालिका अन्तरगतका सरकारी, गैरसरकारी, संस्थाका कार्यालय, विद्यालय तथा स्वास्थ्यचौकीहरु बन्द हुने जनाएको छ । बैशाख १२ गते भूकम्पको केन्द्रविन्दू बारपाकमा भूकम्प स्मृति दिवस मनाइने भएको छ ।

सो दिनमा बारपाकमा आयोजित भुकम्प स्मृति दिवस मनाउन पूर्व प्रधानमन्त्री एवं गोरखा क्षेत्र नं २ का सांसद पुष्पकलम दाहाल (प्रचण्ड) र गण्डकी प्रदेशका मुख्यमन्त्री तथा सो क्षेत्रका प्रदेश सांसद सुरेन्द्रराज पाण्डे आउने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्