गोरखाका १७ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइयो
गोरखाका १७ हजार ११८ जना बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाइएको छ । जन्मेको ६ महिनादेखि ५ बर्षसम्मका बालबालिकालाई शनिबार र आइतबार भिटामिन ए क्याप्सुल र एकबर्षदेखि ५ बर्षसम्मका १५ हजार ६८ जना बालबालिकालाई जुकाको औषधी खुवाइएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी नवराज खड्काले जानकारी दिए ।
सरकारले शनिबार र आइतबार दुई दिनसम्म देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको छ । ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको हो ।
‘शनिबार र आइतबार भिटामिन ए र जुकाको औषधी खुवाउन जिल्लाभर ६२४ जना कर्मचारी परिचालन भए’, जनस्वास्थ्य निरीक्षक नवराज खड्काले भने, ‘सो अभियानका क्रममा कुपोषण भए नभएको पत्ता लगाउन नाडी नाप्ने कार्यक्रम पनि भएको छ । कुपोषण भेटिएकाहरुमा परामर्श दिने कार्यक्रम पनि भएको छ । साथै बालभिटा खुवाउने कार्यक्रम पनि संगसंगै भएको खड्काले बताए ।




