
हुन्डी कारोबारमा संलग्न गोरखाकी किशोरी काठमाडौँबाट पक्राउ
हुन्डी कारोबारमा संलग्न गोरखाकी एक किशोरी काठमाडौँमा पक्राउ परेकी छिन् । पालुङटार नगरपालिका–१० बागडाँडाकी १९ वर्षिय करिना देवकोटालाई आईतबार जिल्ला प्रहरी परिषर काठमाडौँले पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले नौँ लाख रुपैँया नगद र ६ लाख रुपैँयाको सक्कल चेक बरामद गरेको छ । देवकोटालाई जिल्ला अदालत काठमाडौँबाट पाँच दिनका लागी हिरासतमा राख्न म्याद थप अनुमति लिई घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।




