
भिरबाट लडेर एक बृद्ध घाइते
गोरखामा भिरबाट लडेर एक बृद्ध घाइते भएका छन् । बारपाक सुलिकोट गाउँपालिका–७ अमले घर भई हाल चितवन बस्ने ६५ वर्षीय धनबहादुर गुरुङ घाइते भएका प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो २ बजे बारपाक सुलिकोट–७ स्थित मुलबारी भिरबाट करिब १०० मिटर तल खसेर गुरुङ घाइते भएका प्रहरीले जनाएको छ । उपचारका लागि उनलाई गोरखा अस्पताल ल्याइएकोमा थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर रिफर गरिएको प्रहरीको भनाइ छ ।




