| सोमवार, साउन २४, २०८३

‘दोस्रो रैथाने खाना तथा पर्यटन महोत्सव–२०८१’ सुरु

नयाँ बर्षलाई लक्षित गरी गोरखा सदरमुकाममा दोस्रो रैथाने खाना तथा पर्यटन महोत्सव–२०८१ सुरु भएको भएको छ । गोरखा होटल संघको आयोजनामा मंगलबार नेकपा माओवादीका केन्द्रीय उपाध्यक्ष नारायणकाजी श्रेष्ठको उपस्थितिमा झाँकी ¥यालीसहितको महोत्सव सुरु भएको हो ।

गोरखा सदरमुकामस्थित हरमटारी खेलमैदानमा संचालित महोत्सव आगामी बैशाख २ गतेसम्म हुने आयोजकले जनाएको छ । महोत्सवमा कुल १४० वटा स्टल राखिएको छ भने त्यसमा बिभिन्न जातजाती बिशेष स्थानीय परिकारका खानाहरु पाइने संघको भनाइ छ । महोत्सवसँगै स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती समेत हुने बताइएको छ । नेपाली नयाँ वर्षमा ‘गोरखा जाऔं’ भन्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको संघका महासचिव सुमन श्रेष्ठले बताए ।

‘हामीहरु अंग्रेजी नयाँबर्ष मनाउन पोखरा, चितवन जान्छौं,’ उनले भने, ‘अब नेपाली नयाँ वर्षमा गोरखा जाऔं, भन्ने सन्देश दिनुपर्छ ।’ महोत्सवको मुख्य आकर्षण स्थानीय जाति विशेष रैथाने खानाको परिकारहरु रहने महासचिव श्रेष्ठले जानकारी दिए । यसको लागि नगरपालिकाभित्र बसोवास गर्ने जात–जातिहरुलाई प्राथमिकता दिइने बताएको छ ।

महोत्सव सम्पन्न गर्नका लागि करिब ३७ लाख खर्च लाग्ने अनुमान आयोजकको छ । महोत्सव अवधिभर करिब २५ हजार दर्शकले अवलोक गर्ने अनुमान छ । प्रवेश शुल्क विद्यार्थीका लागि रु ५० र अरुका लागि एक सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्