| मङ्लबार, कार्तिक २४, २०८३

राजावादीहरुले गरेको हिंसात्मक घटनाका दोषीलाई कारवाहीको माग

गत चैत १५ गते आन्दोलनको नाममा राजावादीहरुले गरेको बिध्वंसात्मक, अराजक तथा हिंसात्मक घटनाको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) गोरखा जिल्ला कमिटीले घोर भत्र्सना गरेको छ । सोमवार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै घटनामा संलग्नहरुलाई कडा भन्दा कडा सजाय दिन माग गरिएको छ ।

घाइतेहरुको निशुल्क उपचार गर्न, घटनाको क्रममा ज्यूँदै जलाइएका पत्रकार सुरेश रजकलाई सहिद घोषण गर्न र क्षति भएका सम्पत्तिको क्षति पूर्ति गर्न पार्टीले माग गरेको छ । हिंसा र अराजक गतिविधिहरुलाई नियन्त्रण गर्न तथा नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा गर्न समेत माग गरिएको पार्टी जिल्ला अध्यक्ष यादव बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्