| मङ्लबार, कार्तिक २४, २०८३

कार्यविधि संशोधन गरेर वडामा बजेट विनियोजन गरे : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यविधि संशोधन गरेर वडा कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको बताए । सोमवार गोरखा नगरपालिका–१३ को वडा कार्यालय भवन शिलन्यास कार्यक्रममा बोल्दै उनले वडाको भवनका लागि बजेट दिन नमिल्ने कार्यविधिलाई आफूले संशोधन गरेको जानकारी गराए ।

‘गत बर्ष पालिकाहरुको प्रमुख प्रशासकीय भवनलाई रकम दिन मिल्ने तर वडालाई नमिल्ने कार्यविधि थियो,’ उनले भने, ‘मैले नै कार्यविधि परिवर्तन गरेर पालिकाको प्रशासकीय भवनको हकमा ५०–५० र वडा कार्यालयको हकमा ६०–४० अनुदान दिन मिल्ने बनाए ।’ सोही अनुरुप गोनपा १३ को वडा कार्यालय भवन निर्माणका लागि प्रदेश सरकारबाट बजेट विनियोजन भएको उनले जानकारी दिए ।

भवनसँगै जनताको सेवा सुविधामा पनि ध्यान दिन उनले आग्रह गरे । भने, ‘भवन बन्नु ठुलो होइन, त्यो भवनबाट पाउने सेवा र सुविधा सहज र सरल हुनुपर्छ, त्यसतर्फ ध्यान दिन आग्रह गर्दछु,’ उनले भने । कार्यक्रममा बोल्दै उनले मझुवा बैटारी हटिया सलाङगिरी हुदै पालुङटार जोड्ने सडकलाई बाह्रै महिना सवारी चल्न मिल्ने गरि स्तरोन्नती गर्ने काम भइरहेको बताए । ‘पहिले ८० लाख रकम थियो, बहुबर्षिय बनाएर चार करोड पु¥याएर काम भइरहेको छ,’ उनले भने । आगामी बर्ष पनि उक्त सडकमा बजेट विनियोजन गर्ने उनले प्रतिवद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्